
पूर्णपुष्टि, भदौ ४
पासपोर्ट, भिसा र टिकट हुनेहरुले निषेधाज्ञाको समयमा पनि ढुक्कसँग विमानस्थलसम्म जान पाउनेछ । काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू भए पनि अत्यावश्यक कामसँगै हवाई उडानबाट विदेश जानेलाई विमानस्थलमा जान दिने सरकारले जनाएको छ ।
पासपोर्ट, भिसा र हवाई टिकट निश्चित भएकाहरुलाई प्रहरीले रोक्ने छैन । आवश्यक परेमा प्रहरीले पासापोर्ट भिसा र टिकट जाँच गर्न सक्नेछन् ।
उडान हुनेहरु आफ्नो समयमा सिधै विमानस्थल जाने सवारी साधानको प्रयोग गरी विमानस्थल जान सहजीकरण गर्न सकिने निर्णय भएको छ । त्यसैले यी कागजात साथमा राखेरै विमानस्थल जान सकिनेछ ।
उपत्यकामा जोखिम बढेसँगै अत्यावश्यक कामबाहेक बाहिर निस्कन निषेध गरिएको छ ।
