
पुरुषको स्तन सामान्यतया निप्पल र एरिगोलामा अलिकति रङ मात्रै परिवर्तन हुन्छ । छाला र बोसो बाहेक तुलनात्मक रुपले पुरुषमा स्तनको ग्रन्थी विकसित हुँदैन ।
स्तन बढ्नुको कारण
पुरुषको स्तन बढुनु एक त किशोर अवस्थाबाट जवान अवस्थामा प्रवेश गर्दै गर्दा शरिरका अन्य अंग जस्तै बढ्नु सामान्य मानिन्छ । यसरी बढेको स्तन ६ महिनादेखि १ वर्ष भित्रमा सामान्य रुपमा हराएर जान्छ । यदि स्तनको साइज ४ देखि ६ सेन्टिमिटर छ भने त्यसलाई असामान्य मानिन्छ ।
यसरी हुने परिवर्तनलाई पिजियोलोजिकल भनिन्छ । तर कहिलेकाहीं प्याथोलोजिकल कारणका बाबजुद पनि यो समस्या देखिन्छ । प्याथोलोजिकल समस्या थाइरोड हार्मोनको असन्तुलनले गर्दा पुरुषमा स्तन बढ्ने समस्या देखा पर्दछ । पिटिउटरी ग्रन्थीमा समस्या हुँदा, पुरुषको अन्डकोषमा ट्युमरहरु भएमा र टेस्टटोरनको उत्पादनमा कमी हुदा स्तन बढ्दछ ।
त्यस्तै बढी अल्कोहल सेवन गर्ने यवाहरुमा पनि यस्तो समस्या आउन सक्छ । कुनै बेला खाँदै आएको ग्यास्ट्रिकको औषधि, रक्तचापको औषधि, मुटु सम्बन्धीका औषधिहरु, मानसिक समस्या हुँदा चलाइने कतिपय औषधिले पनि गाइनोकोमास्टिया हुने गर्दछ ।
कहिलेकाहीं लामो समयसम्म यस्तो समस्या रह्यो भने स्तन क्यान्सरको जोखिमसमेत हुन सक्छ ।
उपचार विधि
स्तन बढेका मानिसको चेक जाँचपछि मात्रै करण खुल्ने र उपचार हुने गर्दछ । यस्तो समस्याको चेक जाँचपछि औषधी प्रयोग गरेर यात अप्रेशन नै गर्नु पर्ने अवस्था आउँछ । कुनै बेला मोटोपनका कारण पनि स्तनमा बोसो बढी भएर आकारमा परिवर्तन आउने गर्छ । तर गाइनोकोमास्टिया भनेको बोसो वृद्धि नभएर ग्रन्थीको वृद्धि भएको चिकित्सकहरु बताउँछन् ।
