
पूर्णपुष्टि, भदौ ११
रुपन्देहीमा पुल भासिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । रुपन्देहीको मुख्य सडकमै पर्ने देवदह नगरपालिका वडा नम्बर ७ घोडाहस्थित पूर्व–पश्चिम राजमार्गको पुल भासिएको हो । पुल भासिएपछि भैरहवा–परासी हुँदै सवारी साधन आवागमन गराइएको छ । बिहीबार साँझदेखि परेको पानीले पूर्व–पश्चिम राजमार्गस्थित बर्दघाट सडकखण्ड पनि अवरूद्ध छ ।
अविरल वर्षापछि उक्त पुल भासिएको हो । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता सत्यनारायण थापाले पुल भासिएकोले सवारी आवागमन बन्द भएको जानकारी दिए ।
