Friday, May 22News That Matters

पूणर्पुष्टि / हेडलाईन्स् २०७७-०३-२८

मनसुन सुरु भएको ३० दिनमा विपद्का घटनामा ८८ जनाको मृत्यु ३५ जना बेपत्ता ।

………………

अविरल वर्षापछि आएको बाढी पहिरोले १ नम्बर प्रदेशमा १६ जना बेपत्ता । १ नम्बर प्रदेशको विभिन्न जिल्लाको नदि, खोलमा आएको बाढी र पहिरोमा परेर १६ जना बेपत्ता ।

………..

अविरल वर्षापछि आएको बाढीले कोशी र कन्काई नदिमा पानीको वहाव खतराको तहमा पुगे  । कणर्ालीमा पनि खतराको तह पार गर्ने अवस्था रहेकाले सावधानी अपनाउन बाढी मौसम पूर्वानुमान महाशाखाको आग्रह ।

……

संयुक्त अरब एमिरेट्स यूएईमा लकडाउन अबधिभर ८९ जना नेपालीको मृत्यु । गत ४ महिनामा विभिन्न कारणले ८९ जना नेपालीको मृत्यु भएको यूएईमा रहेको नेपाली दूतावासले जनाए ।

………..

आजदेखि रसुवा भन्सार कार्यालयले सामग्रीको जाँचपास गर्ने । व्यापारी तथा प्रतिनिधि नाका पुगेका र कामदारको समस्याको समाधान भएसँगै भन्सारले जाँचपास प्रक्रिया अघि बढायो ।

…………..

तमोर नदिले बगाएर तीन जना बेपत्ता । ताप्लेजुङ र तेह्रथुम जिल्लाका विभिन्न ठाउँमा तमोर नदिले बगाएर तीन जना बेपत्ता ।

………..

सुनसरीको बराहक्षेत्रमा कोशी नदिले बागाएर एक जना बेपत्ता । बराहक्षेत्र नगरपालिका-६ बोराबान स्थित कोशी किनारामा नदिले बगाएर ल्याएको दाउरा खोज्ने क्रममा ७ नम्बर वडाका करिब १३ वर्षीय अनिल बस्नेतलाई नदिले बगायोे ।

…………

कोरोना भाईरस (कोभिड-१९)को महामारी सुरु भएपछि पहिलो पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक स्थलमा मास्क लगायो । घाइते सिपाही तथा स्वास्थ्यकर्मीहरुको उपचार भइरहेको वाल्टर रिड सैन्य अस्पताल पुग्दा ट्रम्पले लगाएको हो ।

…………

मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु । बिराटनगर-१८ झटियाही निबासी १८ बर्षीय सागर यादबको करेन्ट लागेर मृत्यु ।

……………

पाँचथरमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु । याङवरक-४ निबासी ५० बर्षीय मानध्वज माबोको ट्याक्टर दुर्घटनामा मृत्यु ।

………….

संखुवासभा सिलिचोङको पहिरोले गाउँ नै बगाएपछि उद्धारमा खटेका एक जनाको मृत्यु । सिलिचोङ गाउँपालिका-१ बेसिन्दामा अबिरल बर्षासँगै पहिरोले ९ घर बगाउँदा ११ जना बेपत्ता ।

………

झापाको बिरीङ खोलाले बगाएर एक जनाको मृत्यु । झापा गाउँपालिका-५ बस्ने ३५ बर्षीय राजेश गणेशको खोलाले बगाएर मृत्यु भएको हो ।

…………

सुनसरीको सर्दु खोलाले बगाएर एक जनाको मृत्यु । धरान-१३ स्थित सर्दु खोला तर्ने क्रममा ५५ बर्षीय रामबहादुर बस्नेतको खोलाले बगाएर मृत्यु भएको हो ।

…….

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित हात पार्यो । गतराति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १ – ० गोललेपछि पार्दै जित हात पारेको हो ।

…….

साकेलाटोलका युवाहरुलाई जर्सि वितरण । साकेला टोल विकास संस्थाद्धारा १५ खेलाडी युवाहरुलाई फुटवल जर्सिं वितरण ।

…..

सिभिल हस्पिटलको स्टाटस प्रति पत्रकार महासंघको आपत्ति । कानुनी दायरामा ल्याउन माहासंघद्धारा माग सहितको विज्ञाप्ती ।