
पूर्णपुष्टि, बैशाख १० । गोरखामा एक पूरुषको मलद्धारमा एक महिना देखी अड्किएको बोतल शल्यक्रिया गरी निकालिएको छ । गोरखा नगरपालिका–३, नारेश्वरका ५७ वर्षीय पुरुषको मलद्वारमा अड्किएको बोत्तल आईतबार शल्यक्रिया गरी निकालिएको हो ।
सर्जन डा. जीतेन्द्र सिंह र विश्वराज खड्का र एनेस्थेसिया डा. शम्भु अधिकारीको टिमले उनको सफल शल्यक्रिया गरेका हुन् । एक महिनाअघि देखि किटनाशक औषधीको मेटलको बोत्तल अड्किएको र अलि सिरियस भएपछि आज अस्पताल ल्याइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सिद्धार्थ खनालले जनाकारी दिए ।
करिब ३ घण्टाको अप्रेशन पश्चात १० सेन्टिमिटर लामो र ७.५ सेन्टिमिटर चौडाइको बोत्तल निकाल्न सफल भएको सुपरिटेन्डेन्ट खनालले बताए । लामो समयदेखी बोतल अड्किएकोले पेटमा संक्रमण पनि फैलिसकेको र संक्रमण पनि सफा गरिदिएको डा. खनालले बताए । बोत्तल कसरी उनको मलद्वारभित्र अड्कियो भन्ने विषयमा आफूहरुले पनि जानकारी लिइरहेको अस्पतालले जनाएको छ । बिरामीको हाल आइसियु कक्षमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।
