
पूर्णपुष्टि,जेठ २९ गते ।
अब बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा खुल्ने भएको छ । नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अब बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा खुला हुने जानकारी दिनुभएको छ ।
यस अघि एक तिहाई कर्मचारीहरु मात्रै राखेर बैंकहरुले सिमित शाखाबाट सेवा दिइरहेका थिए भने अधिकांश जसो सहकारी संस्थाहरु बन्द थियो ।
बैंकका सबै शाखाहरु खुला गरेर सेवा दिन पाउने खतिवडाले बताउनुभयो । सरकारले शुक्रबारबाट लागु हुने गरी लकडाउन खुकुलो बनाएको छ ।
