Monday, June 29News That Matters

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-18

नेपालमा आज थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या  १४ हजार  ५ सय १९  पुगेको छ ।

-*-

आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराईरहेका एक शिशुको कोरोना संक्रमणबाट मृत्यु । म्याग्दीको धौलागिरि नगरपालिका–४ का ४९ दिनका शिशुको कोरोनाको कारण मृत्यु भएको हो ।

-*-

दार्चुलाको नेपाल—भारत सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको ३ वटा सीमा सुरक्षा चौकी (बीओपी) स्थापना । सशस्त्र प्रहरीका सुदूरपश्चिम प्रमुख वैद्यनाथ बाहिनीपति डिआइजी हरिशङ्कर बुढाथोकीले विहिबार लेकम गाउँपालिका—३ लाली, मालिकार्जुन गाउँपालिका—७ जोलजिबी र व्यास गाउँपालिका—२ दुम्लिङमा स्थापना भएका बीओपीको उद्घाटन गर्नुभएको हो ।

-*-

काठमाण्डौँको टोखा नगरपालिकाले १ केजी सलह किरा संकलन गरेर वडामा बुझाए ५० रुपैयाँ प्रोत्साहन भत्ता दिने । पछिल्लो पटक नेपालको कृषि क्षेत्रको चुनौतीका रूपमा देखिएको सलह किरा नियन्त्रणका लागी नगरले यस्तो योजना ल्याएको हो ।

-*-

कोरोनाले गर्दा उदयपुरका व्यावसायीक बाख्रा पलक कृषक रामकुमार राईले उत्पादन गरेको बोका, पाठा विक्र । करिब ८ वर्षदेखि व्यावसायकीक बाख्रा पालन गर्दै आएका त्रियुगा नगरपालिका–१४ नेपानेका कृषक राईले उत्पादन गरेको बोका, पाठा विक्रि नभएको हो ।

-*-

नेपालमा पहिलो पटक रोटा भाइरस विरुद्धको खोप आजदेखि प्रयोगमा आउने भएको छ ।

-*-

आजदेखि सरकारले पुनः श्रम स्विकृति खुला । नेपालीको श्रम गन्तव्य देशमा कोरोना महामारी सुरु भएपछि गत फागुन अन्तिमदेखि बन्द भएको श्रम स्वीकृति खुल्ला गरिएको हो ।

-*-

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को बजेट अधिवेशन अन्त्य । संसद्को अधिवेशन अन्त्य गरेको पत्र राष्ट्रपति कार्यालयले सङ्घीय संसद् सचिवालयलाई पठाएको हो ।

-*-

आज ६ प्रतिशतले नेप्से घटेपछि सर्किट ब्रेक लागेर शेयर कारोबार बन्द । बजार खुलेको १ घण्टा ४० मिनेटमा ६ प्रतिशत अर्थात् ८०.४१ अङ्कले घटेर नेप्से १ हजार २ सय ५६.११ अङ्कमा बन्द भएको हो ।

-*-

आज सुनको भाउ ७ सय रुपैयाँ घटेको छ । सुनको भाउ घटेर ९१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

-*-

आज सरकार ढाल्न पाइँदैन भन्दै माइतीघर मण्डलामा प्रदर्शन । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न पाइँदैन भन्दै युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

-*-

रुकुम पश्चिममा पहिलो पटक पीसीआर विधिबाट कोराना परीक्षण  सुरु । चौरजहारी नगरपालिकाले आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा बुधबारदेखि कोरोना परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।

-*-

जिल्ला अदालत उदयपुरले लागुऔषध मुद्दामा दोषी ठहर गर्दै १ महिना कैद र ३ हजार जरिवाना तोकि फैसला गरेपछि फरार रहेको २ जना अभियुक्त पक्राउ परेका छन् ।

-*-

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले यूएनको शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान अफ्रिकन देशमा चार्टर्ड उडान गर्ने भएको छ ।