Friday, June 26News That Matters

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-20

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि । नवलपरासी बर्दघाट सुस्तापूर्बका २ महिला सहित ७ जना, तनहुँका १ जना, बाग्लुङका २ जना, म्याग्दीका ३ जना, कास्कीका २ जना र स्याङ्जाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

-*-

नेपालमा आज थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि । योससँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १५ हजार ४ सय ९१ जना पुगेको हो ।

-*-

नेपालमा आज थप २ जनाको कोरोनाबाट मृत्यु । कोरोना भाइरसको सङ्क्रमणबाट गोखा र रुपन्देहीका १÷१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको हो ।

-*-

कैलालीमा क्वरेण्टीनबाट घर फर्किएकी एक महिलाको मृत्यु । भारतबाट फर्किएर गोदावरी नगरपालिका–१० मा क्वरेण्टीन अवधि पूरा गरी घर गएकी ४८ वर्षीया महिलाको मृत्यु भएको हो ।

-*-

विश्वमा कोरोना सङ्क्रमितको संख्या १ करोड ११ लाख नाघे । विश्वका विभिन्न देशमा १ करोड ११ लाख ९१ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको वल्र्डओमिटरले जनाएको छ ।

-*-

भारतबाट गत शनिबार नेपाल प्रवेश गरेको सलह कीराले अहिलेसम्म ११ सय १८ हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीमा क्षेती । ५ जिल्लाका ११ सय १८ हेक्टर क्षेत्रफलमा किराले क्षती गरेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

-*-

बझाङको केदारस्युँमा पहिरोमा परि बेपत्ता भएका ७ जना मध्ये ४ जनाको शव भेटिए । केदारस्युँ गाउँपालिका ८ मल्लेखीमा पहिरोमा परि बेपत्ता भएकामध्ये ४६ वर्षीया राममतिदेवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा, ७  वर्षीया छोरी अस्मिता जेठारा र स्थानीय ८० वर्षीय दले जेठाराको पनि शव भेटिएको हो ।

-*-

तेह्रथुममा ट्याक्टर दुर्घटना हुदा दुई जनाको मृत्यु । आठराई गाउँपालिका–५ सुकेपोखरी सार्की डाँडामा ट्याक्टर दुर्घटना स्थानीय ३८ बर्षीय ललित खवास र ४० बर्षीय श्याम मगर रहेको मृत्यु भएको हो ।

-*-

सुनसरीको छुट्टा छुट्टै दुई ठाउँमा सवाी दुर्घटना हुदा २ जनाको मृत्यु । बर्जु गाउँपालिका र ईटहरीमा सवारी दुर्घटना हुदा शिवु महत्तो र स्वस्तिका चौधरीको मृत्यु भएको हो ।

-*-

प्युठानमा टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु । चुनढुङ्गा बोकेको ना ७ ख ८९३८ नम्बरको टिप्पर प्युठानको सरुमारानी गाउँपालिका–६ मोतिपुरमा दुर्घटना हुँदा टिप्पर चालक र सहचालकको मृत्यु भएको हो ।

-*-

सुनसरीको देवानगंजबाट गाँजासहति १ जना पक्राउ । देवानगंज–३ पाचौ सिमरबाट लागुऔषध गाँजा सहित चुनिलाल सरदार पक्राउ परेको हो ।

-*-

धरानबाट लागुऔषधसहित किसन श्रेष्ठ पक्राउ । धरान–७ मा डेरा गरी बस्दै आएका ४४ बर्षीय श्रेष्ठ लागुऔषध सहित पक्राउ परेको हो ।

-*-

झापामा खैरोहिराईन ब्राउनसुगरसहित तीन जना पक्राउ । दमक–५मा डेरा गरी बस्दै आएका दमक

९ का ३२ बर्षीय रबिन कुवर, ईलाम घई भई दमक–५ मा बस्ने १९ बर्षीया मनिसा राई र ताप्लेजुङ घर भई दमक–८ बस्ने २२ बर्षीया सम्झना राई श्रेष्ठ खैरोहिराईनसहित पक्राउ परेका हुन् ।

-*-

पाकिस्तानका विदेश मन्त्री महमूद कुरैशीलाई कोरोना संक्रमण पुष्टि । विदेश मन्त्री कुरैशीले ट्वीट गरेर आफूमा संक्रमण देखिएको जानकारी दिनुभएको हो ।

-*-

नेपाली श्रमिकको उद्धाराका लागी अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई ४ लाख २४ हजार अर्थात् ५ करोड १० लाख रुपैयाँ अनुदान दिने । कोरोनाले विदेशमा समस्यामा परेका नेपालीको उद्धार गर्न र कोरोना भाइरसविरुद्ध लड्न अन्तर्राष्ट्रिय श्रम सङ्गठनले एनआरएनएलाई रकम दिने सम्झौता भएको हो ।