Saturday, May 23News That Matters

मदन भण्डारी लोकमार्गमा पर्ने ज्यामिरे खोलामा पुल नहुदा बर्खामा यात्रुहरुको विजोक

पूणर्पुष्टि, भदौ २६

मदन भण्डारी लोक मेन बाटोमै पर्ने ज्यामिरे खोलाका पुल आज सम्म पनि बन्न सकेको छैन । हालै विषेशगरी बेल्टार, बसाहा, रामपुर चतारा र गाईघाट धरान जाने यात्रुहरु त्यो बाटोमा मुख्यतया हिड्ने गर्छ अन्य पूर्वका शहरहरु इटहरी, विराटनगर, र झापा लगाएतका ठाउँहरुमा समेत यात्रुहरुले त्यही बाटोलाई प्रयोग गर्दै आएको छ । छिटो, सजिलोको कारण अधिकांश यात्रुहरुले त्यस बाटोलाई प्रयोग गर्दै आएका छन् ।

हरेक बर्षका बाढीले त्यहाँ सवारी साधन र यात्रुहरुलाई वारी र पारी वनाउने गरेको छ । बर्षेनी यो सास्ती खेप्दै यात्रुहरुले त्यस बाटोलाई प्रयोग गर्नु परेको स्थानीयहरु बताउँछन् ।

खोलामा पुल बन्ने कुरा भएको भएपनि हाल सम्म बन्न नसकेको उनिहरु बताउँछन् । यहि कात्तिक बाट पुल सुरु गर्ने सुनेको स्थानीयहरुले बताए ।

बिहिबार राति परेको पानीका कारण शुक्रबार बिभिन्न ठाउँबाट आउने र जाने यत्रुहरुलाई वारीको वारी पारीको पारी वनाएको छ । बिषेश गरी बिरामी बोकेका एम्वुलेन्सहरु लाई समेत खोला तर्न कष्ट भएको छ । मोटर शाइकल, अटो, एम्वुलेन्स, सुमो, र ट्रिफरहरु समेत वारी पारी गर्न सकेको छैन ।

मेन बाटो र सरल बाटोका कारण बिचमा खोला आउँदा टढा बाट आउने यात्रुहरु झनै मार्कामा पर्ने गरेको छ । गएको राति परेको पानीका कारण सयौँ सवारीहरु गन्तव्यमा पूग्न सकेका छैन् ।

तस्विरहरु

खोलामा फसेको एम्वुलेन्सलार्य ट्याक्टरले तान्दै ।