
पूर्णपुष्टि, जेठ २९ गते ।
नेपालको पूर्वी सीमा नाका काँकडभिट्टाको प्रवेश द्वार रहेको मेची पुलमा कलापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटिएको नयाँ नक्सा राखिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठनको रूपमा रहेका राष्ट्रिय युवा सङ्घ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनको संयोजनमा बिहीबार नक्सा राखिएको हो ।
पुलको मुखमा १० फिट लम्बाइ र ५ फिट चौडाइ भएको होर्डिङ बोर्डमा नयाँ नक्सा प्रदेश नम्बर १ का सांसद गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीको उपस्थितिमा राखिएको हो ।
सांसद बुढाथोकीले राष्ट्रियताको सवालमा सम्पूर्ण देशवासी एक ठाउँमा उभिएको बताउनुभयो ।
