Saturday, June 20News That Matters

पेट्रोलिएम पदार्थको मूल्य बढेसँगै फेरि गाडी भाडा बढ्यो

पूर्णपुष्टि, असार ६ गते ।
यातायात विभागले सार्वजनिक गाडीहरुको भाडा बढाएको छ । विभागले पेट्रोलिएम पदार्थको मूल्यमा वृद्धि भएसँगै गाडी भाडा पनि बढेको हो ।
विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ ।
यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ ।त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ तथा तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि गरिएको विभागले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ ।