Sunday, May 17News That Matters

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

पूर्णपुष्टि, माघ ६

पेट्रोलियम पदार्थको मुल्य २ रुपयाँले बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य २ रुपयाँले बढाएको हो । निगमका अनुसार मुल्य बढे सँगै पेट्रोलको मुल्य लिटरको १ सय १० पुगेको छ भने डिजेल र मट्टितेलको मुल्य भने बराबरी प्रतिलिटर ९३ नब्बे रुपयाँ रहेको नेपाल आयल निगमले जनाएको छ ।

सोमबार राति १२ बजेबाट लागू हुने गरी उक्त मूल्य लागू हुने निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिनुभयो । हवाई ईन्धन र एलपी ग्यासमा भने मूल्य यथावत रहेको पनि उपाध्ययले बताउनु भएको छ ।