Monday, July 6News That Matters

पेस्तोल खोज्दै हिँडेको गिरी गाईघाट बाट पक्राउ, बुद्धचित्त देखी अमेरिकीन डलर सम्म बरामद

पूर्णपुष्टि, पुष १८
गाईघाटमा पेस्तोल किन्न खोज्दै हिँडेका खोटाङका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । दिक्देल रुपाकोट मझुवागढी नगरपालिका १० पाथेकाका बिर बहादुर गिरीको छोरा २१ बर्षिय सुजन गरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले सोमवार गाईघाट बजारबाट पक्राउ गरेको हो । गिरीले त्रियुगा नगरपालिका ११ स्थित मिनि मार्केट इलाकामा पर्ने गिफ्ट पसलमा पेस्तोल पाईन्छ भन्दै सोधि हिँडेको प्रहरीले जनाएको छ ।

पेस्तोल सोध्दै हिँडेको भन्ने सूचनाको आधारमा उदयपुरबाट खटेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर प्रारम्भीक सोध खोज गर्दा निजको साथ बाट बिभिन्न सामाग्री र नगद समेत बरामद गरिएको छ । गिरीलाई डिटेल्स सोधीखोजी गर्ने क्रममा आफु गाईघाटकै मेलिना होटलमा बस्दै आएको बताएको प्रहरीको भनाई छ । उनको साथबाट नगद १ लाख पचासी हजार चार सय पन्ध्र, अमेरीकी डलर, २ सय ९२, भारतीय रुपैया, भारतिय रुपयाँ २ लाख उन्साठी हजार १ सय, ८० युरो र अन्य सामानहरु चाँदिको जस्तो देखिने सिक्री २ थान , चाँदिको जस्तो ब्रासलेट १ थान, सुन जस्तो देखिने पहेलो धातुको औठी थान १, घडी १ थान, आईप्रो किप्याड मोवाईल १ थान, इन्फिनिक्स र आईटियल को ठुलो मोवाईल २ थान, पावर ब्याङ्क १ थान, बुद्धचित्त ८० ओटा, सानो रुद्राक्ष माला १ थान र सि माला ४ थान फेला परेको छ ।