Friday, June 19News That Matters

पोखरीमा डुबेर नावालकको मृत्यु

ईलाम, चैत्र ९ गते ।

ईलामको साखेजुङमा माछा पोखरीमा डुबेर एक नाबालकको मृत्यु भएको छ । ईलाम नगरपालिका–९ साखेजुङका दिपन राईको ३६ महिनाको छोरा निनामहाङ राईको  मृत्यु भएको हो ।

घरमा खेलिरहेका नावालक अचानक घर नजिकै रहेको माछा पोखरीमा डुबिरहेको अवस्थामा शनिवार दिउँसो १ बजे अभिभावकले देखेपछि तत्काल उद्दार गरी उपचारको लागी जिल्ला अस्पताल ईलाम लगेको थियो । नाबालकको उपचारको क्रममा दिउँसो सवा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

घटना थप अनुसन्धान भईरहेको जिप्रकाले जनाएको छ ।