
मोरङ, कात्तिक २५ गते ।
मोरङको कटहरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । कटहरी गाउँपालिका–७ निबासी कुनन्द विकको छोरा ६ वर्षीय कृष विकको मृत्यु भएको हो ।
घर नजिकै रहेको माछा पोखरीमा आईतबार दिउँसो ५ बजे डुबेर मृत अवस्थामा प्रहरीले फेला पारेको थियो । घटनाको जानकारी पाउना साथ तत्काल प्रहरी चौकी थलाहाबाट खटेका प्रहरी टोलीले डुबी रहेको अवस्थामा बालकलाई फेला पारेको प्रहरीले जनाएको छ ।
पोखरीबाट बालकको शव निकाली शव परिक्षणका लागि कोशी अस्पताल पठाएको घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
