
सुनसरी, असोज ११ गते ।
सुनसरीको दुहवीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । दुहवी नगरपालिका–९ छाताबेली घर भई (हाल) नपा–२ तुताहको शिवशंकर साहको घरमा डेरा बस्दै आएका जाबिर हुसेनको साढे ३ वर्षीय छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिउँसो साढे २ बजे नजिकैको पोखरीमा डुविरहेको अवस्थामा बालिबाको दाजुले देखेपछि आफन्तले तत्काल उद्दार गरी उपचारको लागि सामुदायिक अस्पताल दुहवीमा लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
