
पूर्णपुष्टि/उदयपुर, साउन १६
उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित मोतिगडा चाप क्याम्पस गेट नजिक रहेको पोखरीमा पौडी खेल्ने क्रममा एक १२ वर्षीया बालिका बेपत्ता भएकी छन् । सुरक्षा स्रोतका अनुसार चौदण्डीगढी नगरपालिका–९ हडिया निवासी जानुका कार्कीकी १२ वर्षीया छोरी गृष्मा कार्की अाज पोखरीमा पौडी खेल्ने क्रममा हराएकी हुन् । 
घटनाबारे जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन् । हाल बेपत्ता बालिकाको खोजी कार्य तीव्र रूपमा जारी रहेको सुरक्षा स्रोतले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
