Friday, May 1News That Matters

पोषणमैत्री वडा घोषणाका लागि हुरेण्डेकद्धारा ३ दिने तालिम

पूर्णपुष्टि, साउन ४ गते ।
हुरेण्डेक उदयपुरको आयोजनामा पोषणमैत्री वडा घोषणाका लागि ३ दिने तालिम मंगलवारबाट गाईघाटमा सुरु भएको छ । जिल्लामा पोषणमैत्री वडा घोषणा गर्ने उदेश्यले पोषणमैत्री स्थानीय शासन सम्बन्धि तालिम ३ पालिकाका विभिन्न शाखाका ३५ जनालाई सहभागी गराई सुरु भएको हो ।
तालिममा त्रियुगा, रौतामाई र ताप्ली गरी ३ पालिकाका शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला तथा बालबालिका, खानेपानी तथा सरसफाई, शुसासन, स्वास्थ्य चौकी, बहुक्षेत्रीय पोषण, खाद्य सुरक्षा समिति श्रोत लगाएत शाखाबाट सहभागी बनेका छन् । वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र हुरेण्डेकको साझेदारीमा सञ्चालित एकिकृत पोषण तथा उत्थानसिल जिविको पार्जन परियोजना अन्तर्गत तालिम सञ्चालन भएको हो ।
तिन दिन सम्म सञ्चालनहुने तालिममा आधारभुत पोषण, बहुक्षेत्रिय पोषण योजना, पोषणमैत्री र बालमैत्री स्थानीय शासनको अबधारणा र अन्तरसम्बन्ध, बालमैत्री स्थानीय शासनका सुचकहरु बारे जानकारी गराईने हुरेण्डेकका अध्यक्ष शंकर बहादुर थापाले बताउनुभयो ।
बहुक्षेत्रिय योजना अन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, महिला तथा बालबालिका, शासकीय प्रवधि, खानेपानी तथा सरसफाई, गुणस्तरीय खाद्यका क्षेत्रका सूचकहरुबारे तालिममा छलफल गरिने छ । तालिमले योजना निर्माण गर्न र आगामि दिनमा पोषणमैत्री वडा घोषणा गर्न सहयोग पु¥याउने प्रशिक्षक तिर्थराज आचार्यले बताउनुभयो ।

परियोजनाले पोषण कार्यक्रम अन्तर्गत समुदायमा हजारदिने आमाहरुलाई समेटि स्वास्थ्य आमासमुह, सहयोगि समुह सञ्चालन, बालवालिकाहरुको नियमित बृद्धिअनुमगन कार्यक्रम गरिने छ । सकारात्म झुकाव सामुहिक चूल्हो, नागरिक आवाज र कर्तव्य, स्वच्छ खानेपानीको ब्यवस्थापनमा सहयोग साथै स्वास्थ्य संस्थाहरुमा आवश्यक उपकरणहरु सहयोग कार्यक्रम सञ्चालन गरिदै आएको र अवको योजना कार्यक्षेत्र अन्तर्गतका वडाहरुमा पोषणमैत्री वडा घोषणा गर्नु लक्ष रहेको संस्थाका अध्यक्ष थापाले बताउनुभयो ।
हुरेण्डेक ले जिल्लाको रौतामाई, उदयपुरगढी, ताप्ली, लिम्चुङबु‚ गाउँपालिका, कटारी र त्रियुगा नगरपालिका कार्यक्षेत्र बनाई स्वास्थ्य, जिविकोपार्जन र शिक्षाको क्षेत्रमा विगत लामो समयबाट विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।