
पूर्णपुष्टि, साउन २७ गते ।
पौडी खेल्न गएका दुई बालबालिका मृत अवस्थामा फेला परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–९ का एन्जिला सुन्दास र सोही स्थानका सिकुम राईको खोलामा पौडी खल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका– ९ का सुस्मा सुन्दासकी ११ की छोरी एन्जिला सुन्दास र ध्रुव राईका छोरा १२ वर्षका सिकुम राईको खोलामा पौडी खेल्ने क्रममा भएका हो ।
दुवै जना खोलामा नुहाउन भनी घरबाट हिँडेको तर अबेरसम्म नफर्किएपछि स्थानियवासीले खोजी गर्दा राति करिब ९ वजे तिर सताक्षी खोलामा दुवैको शव फेला परेको थियो । उनीहरुको शव कन्काई सिँचाई नहरको डिलमा भेटिएको स्थानियले जनाएका छन् ।
