
पूर्णपुष्टि, साउन ३०
मोरङको जहदा गाऊपालिका –३ जयरामपुर बस्ने रबिया ऋषिदेवको १० बर्षीय छोरा गोलु ऋषिदेवको खोलामा डुबेर मृत्यु भएको छ ।
हिजो बेलुका ५ बजे उनि साथीहरुसंग खद्रा खोलामा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबी घाईते भएको भन्ने जानकारी पाउन साथ प्रहरी चौकी मझारेबाट प्रहरी टोली खटि गई घाईते बालकलाई उपचारको लागी कोशी अस्पताल विराटनगरमा पुर्याउन साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
