Saturday, June 27News That Matters

पौडी खेल्ने क्रममा पानीमा डुबी बालकको मृत्यु

पूर्णपुष्टि, चैत २०
झापाको दमक नगरपालिका –२ सिपेनि सिमसार स्थित जमेको पानीमा पौडी खेल्ने क्रममा डुबी बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका पुष्प कुमार राईको १४ बर्षीय छोरा मोहन राई रहेका छन् ।

हिजो दिउसो साढे २ बजे साथीकोमा जान्छु भनि घरबाट निस्केका राईको पौडी खोल्ने क्रममा पानीमा डुबि मृत्यु भएको भनि खबर पाएपछि इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले मृत अवस्थामा बालक लाई पानीबाट बाहिर निकालेको हो । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ