
पूर्णपुष्टि, जेष्ठ १९
ताप्लेजुङमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको आज शव भेटिएको छ । सिदिङ्वा गाउँपालिका–६ मेहेलेका १९ वर्षीय दिनेश चौहानको शव भेटिएको प्रहरीले जनाएको छ ।
काबेली खोलामा मङ्गलबार पौडी खेल्ने क्रममा बेपत्ता उनको शव आज बिहान ७ बजेतिर भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
मङ्गलबार पौडी खेल्ने क्रममा सिरिजङ्घा–२ आम्बेगुदिन र सिदिङ्वा–६ मेहेले जोड्ने काबेली खोलास्थित निर्माणाधीन पुल नजीकबाट दिनेश बेपत्ता भएको प्रहरीले जनाएको छ ।
