Tuesday, April 21News That Matters

पौष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

पूर्णपुष्टि,माघ ६

जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक पौष महिनाको सर्वोत्कृष्ट प्रहरी (बेस्ट पोलिस अफ द मोन्थ) घोषित भएका छन् । उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७७ साल पौष “महिनाको सर्वोत्कृष्ट प्रहरी” (बेस्ट पोलिस अफ द मोन्थ)  घोषणा गरिएको हो ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

नायकले आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय  कार्य गरेको छ ।

नायकले विभागिय मुल्य,मान्यता, आदेश,निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याउनुको थियो । उनले चोरी, अवैध लागु औषध कारोबारी लगायत विभिन्न अपराधिक घटनाका फरार प्रतिवादी पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका गरेका छन् ।