पूर्णपुष्टि, पुष १०
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) देशको तेस्रो पटक प्रधानमन्त्री बनेका छ । उनले आजै बुहुमत सहितको सांसदमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्षा प्रधानमन्त्रीमा दावी पेस गरेको छ । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राजपा र जनमत पार्टीको समर्थनमा माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्रीमा तेस्रोपटक नियुक्त भएका हुन् । उनी यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका थिए । उनलाई भोलीनै सपथ खुवाईने छ ।
