Wednesday, July 8News That Matters

प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्रीले शपथ लिने

पूर्णपुष्टि, पुष ११ । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डसँगै तीन जना उपप्रधानमन्त्रीले शपथ लिने भएको छ । सोमबार नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धन दलको बैठकमा प्रधानमन्त्रीसँगै तीन उप–प्रधानमन्त्रीहरुले शपथ लिने भएको हो ।

स्रोतका अनुसार उपप्रधानमन्त्रीमा रास्वपाका अध्यक्ष रवि लामिछाने गृहसहित उपप्रधान, एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थसहित उपप्रधान र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपसहित परराष्ट्रको जिम्मेवारी पाउने भएको छ । प्रधानमन्त्री प्रचण्डको शपथ राष्ट्रपति कार्यालय शीतल निवासमा केहीबेरमा हुँदैछ ।