
पूर्णपुष्टि, फागुन ७।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा त्रियुगा उद्योग वाणिज्य संघले शनिबार गाईघाटमा रक्तदान कार्यक्रम आयोजना गर्यो ।
उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय उदयपुुरका प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले २९ औं पटक रक्तदान गरे । जागिरको सिलसिलामा विभिन्न ठाउँमा २८ औं पटक रक्तदान गरिसकेका प्रनाउ गौतमले २९ औं पटक रक्तदान गरेका हुन् ।
शरिरबाट निश्चित समयमा खेर जाने रगत दान गरेमा त्यसले धेरैको ज्यान बचाउन सक्ने भएकाले रक्तदान पुन्यको काम रहेको भन्दै कार्यक्रमको आयोजना गरिएको थियो ।
जेसिस उदयपुर, उदयपुर साईक्लिङ संघ, घरेलु तथा साना उद्योग महासंघ, उदयपुर सुनचाँदी ब्यवसायी संघ, जीवन विज्ञान परिवार र नेपाल काण्ठ फर्निचर ब्यवसायी संघको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी उदयपुरको प्राविधिक सहयोगमा भएको रक्तदानमा ५० जना बढिले रक्तदान गरेको आयोजकले जनाएको छ ।
नेपाल प्रहरी सशस्त्र प्रहरी, साईकिलिष्ट खेलाडी, पत्रकार, नागरिक अगुवा तथा ब्यापारी, ब्यवसायीहरुले रक्तदानमा भाग लिएका थिए ।
आयोजक संघका अध्यक्ष रमेश रसाईलीका अनुसार रक्तदानसंगै जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दल, उद्योगी, ब्यापारीहरुको उपस्थितिमा प्रजातन्त्र दिवस मनाइएको थियो । कार्यक्रमका बक्ताहरुले महान् सहिदहरुको योगदानको स्मरण गरेका थिए ।
तस्बिरहरु :


