Wednesday, June 10News That Matters

प्रतिबन्धित लागुऔषधसहित ४ जना पक्राउ

पूर्णपुष्टि, असोज १२ गते ।
झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट एक जना र बिर्तामोड नगरपालिका–५ स्थितबाट तीन जनालाई प्रहरीले प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको छ । रामेछाप नगरपालिका–८ का ३० वर्षीय बिजय लामालाई संकालागि चेकजाँच गर्दा उनलाई ७५ ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।
लामालाई हिजो अपरान्ह साढे ४ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको बेला पक्राउ गेरेको हो ।
यसैगरी, इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाको प्रहरी टोलीले चेक जाँचको क्रममा बिर्तामोड–५ स्थितबाट माई नगरपालिका–२ इलामका २२ वर्षीय केबिन्द्र गोले, २७ वर्षीय गोम्वु दोर्जे गोले र फाल्गुनानन्द गाउँपालिका–५ पाँचथरका ३२ वर्षीय सन्त लिम्वु समेत तीनै जनालाई १३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।