Tuesday, July 7News That Matters

प्रथम त्रियुगा नगर अन्तर मावि स्तरीय मेयर रनिङ शिल्डको उपाधी त्रियुगा नमुना माबिलाई

पूर्णपुष्टि, पुष २४ । उदयपुरको गाईघाटमा आयोजित प्रथम त्रियुगा नगर अन्तर मावि स्तरीय मेयर रनिङ शिल्डको उपाधी त्रियुगा नमुना माविले जितेको छ । गत सोमबार देखि संञ्चालनमा रहेको प्रतियोगितामा समावेश सबै बिधामा सहभागिता जनाउदै उत्कष्ट अंक सहित नमुना माविले उपाधि हात परहेको हो ।

करिव ६ दिन सम्म संञ्चालनमा आएको उक्त प्रतियोगितामा त्रियुगा नमुना माविले २ सय ४२ अंक सहित उपाधी जित्दा प्रतियोगिताको आधा दर्जन विधाहरुमा जित निकालेको थियो । माविले आफ्नै घरेलु खेलमैदान उक्त प्रतियोगिता भएको कारण जित हात पार्न सहज भएको खेलाडीहरुले बताए ।

मेयर रनिङ शिल्ड प्रतियोगितामा १० बिभिन्न बिधाका खेलहरु समाबेश गरिएको थियो । शनिवार बृहत सांस्कृतिक कार्यक्रम साथै बिभिन्न बिधा अन्तरगतका खेलाडिहरुलाई सम्मान सहित प्रतियोगिताको समापन गरिएको हो ।

प्रतियोगिताको समापन कार्यक्रममा त्रियुगा नगर प्रमुख बसन्त बस्नेत, नगर उप–प्रमुख महेश्वरी राई, त्रियुगा नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वन र नगर खेलकुद बिकास समितिका अध्यक्ष लगायत विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।