Wednesday, April 22News That Matters

प्रथम वडा कप अन्तर विद्यालय स्तरिय फुटबलको उपाधि प्याराडाईज बोर्डिङले जित्यो

पूर्णपुष्टि, पुष १० । प्रथम वडा अध्यक्ष कप अन्तर विद्यालय स्तरिय फुटबल प्रतियोगिताको उपाधि प्याराडाईज बोर्डिङले जितेको छ । बिहिबार त्रियुगा नगरपालिका १३ स्थित थरुहट रंगशालामा भएको फाईनल खेलमा श्री बाल मन्दिर माध्यामिक विद्यालयलाई ० को विरुद्ध १ गोल गर्दै प्याराडाईज बोर्डिङले उपाधि हात पारेको हो ।

प्याराडाईजको लागी जर्सि नं. ७ का अभिषेक अधिकारीले गोल गरे । उनले खेलको अतिरिक्त थप २ औं मिनेटको समयमा गोल गर्दै प्याराडाईजलाई उपाधि बिजेता बनाए । उपाधि विजेता प्याराडाईजले नगद रु. ५० हजार सहित ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गरे भने उपविजेता बालमन्दिरले नगद रु. २५ हजार सहित ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गरेका छन् ।

यस खेलको म्यान अफ द म्याच बालमन्दिरका जर्सी नं. १ का गोल किपर न्युसन सोनम बने । त्यस्तै बेस्ट कोच प्याराडाईका सोइसन राई, बेस्ट मिडफिल्डर प्याराडाईजका जर्सी नं. ११ का दिपेश श्रेष्ठ, बेस्ट फर्वाड बालमन्दिरका जर्सी नं. ७ का लक्कि राई, बेस्ट गोल किपर प्याराडाइजका जर्सि नं. ५ का उमेश थापा, बेस्ट प्लेयर प्याराडाइजका जर्सी नं. ७ का अभिषेक अधिकारी र बेस्ट डिफेन्डर जर्सी नं. ४ का सचिन राउत बने ।

गाईघाट फुटबल क्लबको आयोजना र त्रियुगा नगरपालिका वडा नं. ११ को मुख्य प्रयोजनमा वडा अध्यक्ष कप अन्तर विद्यालय स्तरिय फुटबल प्रतियोगिता पुष ५ गतेदेखि संञ्चालन भएको हो ।