
पूर्णपुष्टि, पौष ११
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईबिरुद्ध पनि अविश्वासको प्रस्ताव ल्याउने तयारीमा प्रचण्ड–नेपाल समूह लागि परेका छन् ।
संसद विघटन पश्चात बहुमद नपुगेपछि राईको पद पहिल्यै धरापमा थियो । जनताहरुमा पूर्ण विश्वास दिन नसक्ने भन्दै प्रचण्ड नेपालका समूहले राईबिरुद्ध समेत अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वासको प्रस्ताव ल्याएको प्रचण्ड(नेपाल समूहले प्रदेश(१ मा पनि अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको जनाएको छ ।
प्रदेश सभाकै बहुमत आफूहरूसँग रहेको प्रचण्ड(नेपाल समूहका एक केन्द्रीय सदस्यले दाबी गरे । प्रदेश सभाका ९३ सांसदमध्ये नेकपाका ६८ सांसद छन् । जसमध्ये पूर्वएमालेका ५२ र पूर्वमाओवादीका १६ जना छन् ।
२०७४ मा प्रदेश सभामा नेकपा एमाले संसदीय दलको निर्वाचन हुँदा अहिलेका मुख्यमन्त्री शेरधन राई विजयी भएका थिए ।
