पूर्णपुष्टि, पुष १७
सरकार गठनका लागि प्रदेश नं १ मा मुख्यमन्त्री दावी गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । कार्यालयले पुष २४ गते अर्को आईतबार बलुकाको ५ बजे सम्म दुई वा दुई भन्दा बढी बहुमतको दलबाट प्रदेश सभा सदस्यले मुख्यमन्त्री पेश गर्नु पर्ने विज्ञाप्ती जारी गरेको छ । कार्यालयल कुनै पनि दलहरुको स्पष्ट बहुमत नाआएको उल्लखे गर्दै दुई वा दुई भन्दा बढी दलहरुको साँझेदारीमा सरकार गठनका लागि मुख्यमन्त्रीमा दावी पेश गर्न हाह्वान गरेको हो ।
प्रदेश प्रमुख कार्यालयका प्रवक्त नरेन्द्र कुमार श्रेष्ठ हस्ताक्षर पत्रमा भनिएको छ, नेपालबाट प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ४२ बमोजिम मिति २०७९÷९÷२ मा प्रदेश १ को प्रदेश सभा निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश हुन आएकाले मुख्यमन्त्री पेश गर्नका लागि नेपालको संविधान धारा १८६ को उपधारा १ बमोजिम कुनै पनि दलले बहुमत ल्याउन नसकेको हुँदा दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं १ को प्रदेश सभाको सदस्यलाई प्रदेश नं १ को मुख्यमन्त्री नियुक्ति गर्नका लागि मिति २०७९÷०९÷२४ गते आईतवार बेलुका साँझ ५ बसे सम्म दावी पेश गर्न माननीय प्रदेश प्रमुख ज्युबाट आह्वान भएको छ । उक्त पत्र पुष १७ गते प्रदेश कार्यालयले प्रकाशित गर्दै अबको १ हप्ता भित्र आउँदो २४ गते साँझ ५ बजे सम्म दावी पेश गरिसक्नु पर्ने जनाएको छ । प्रदेश नं १ मा एमालेको सरकार बन्ने संका गरिएको थियो । एमाले सँगको गठबन्धनमा बन्ने उक्त सरकार एमाले बाट हिक्मत कार्की संसदीय दलको नेतामा चुनिएको छ । मुख्यमन्त्रीका लागि माओवादी केन्द्र बाट पनि इन्द्र आङ्बोको दावी रहेका थिए । केन्द्रको निर्णय अनुसार भने प्रदेश नं १ सहित ४ ओटा प्रदेशमा एमाले २ ओटामा माओवादी एउटामा जनमत पार्टीलाई भाग लगाएका थिए । पछि राप्रमाले पनि मुख्यमन्त्रीको दावी गर्दै आएका छन् । यता जसपा र एकिकृत समाजवादीको सरकारमा जानेनजाने अर्थात कसरी जाने भन्नेबारे अझै टुँगो छैन् । यस अर्थमा प्रदेश १ मा भने एमालेले मुख्यमन्त्री पाउने सम्बावना बढी देखिएको छ । यसको परिणाम भने हेर्न बाँकी रहेको छ ।

