
पूर्णपुष्टि,असार ५ । ओखलढुंगाको सिद्धि चरण नगरपालिकामा सोमबार देखि सुरुभएको कोशी प्रदेश मुख्यमन्त्री कप नाँकआउट प्रतियोगितामा उययपुरले सुरुवाती चरणमा सहज जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा मोरङ जिल्लालाई घर पढाउँदै गाईघाट फुटबल संघ उदयपुरले विजयीको यात्रा सुरुवात गरेको हो ।
दर्शकहरुको परिभराउँ भएको खेलमैदानमा प्रतिश्पर्धात्मक खेलको पहिलो हाफ सम्म कुनै टिमका तर्फबाट कुनै गोल हुन सकेन । सुरुवाती चरण देखिनै काउन्टर अट्याक खेल प्रदर्शन गरेका उदयपुरले दोस्रो हाफमा भने उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शनी गरेका उदयपुरले खेलका ६३ औं मिनेटमा डी बक्स एरिया नजिकैबाट पाएको फ्रि किकलाई सहि सदुपयोग गर्दै टिम कप्तान सुनिल खड्काले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । प्रतियोगिताकै निर्णायक गोल गरेका खड्काले नगद रु ४ हजार सहित म्यान अफ दी म्याच प्राप्त गरेका थिए ।
प्रतियोगिता सञ्चालन हुदै गर्दा केहि समय उदयपुरका खेलाडी र मुख्य निर्णायकका बिचमा मतभेद देखिएको थियो । सुरुवाती जितसँगै उदयपुरका लागि अगाडीको यात्रा तय गरेको छ,भने मोरङ घर फर्किएको छ ।
आज मंगलबार हुने पहिलो खेलमा धनकुटा भर्सेस भोजपुर विहान ८ बजे, दोस्रो खेल सुनसरी भर्सेस पाँचथर दिउँसो १२ बजे र तेश्रो खेल तेर्ह्रथुम र खोटाङका बिच हुने आयोजकले जनाएको छ । त्यस्तै तेश्रो खेल ताप्लेजुङ र इलाम बिच हुने तालीका भएको भएपनि शनिबारको भिषण बर्षातका कारण ताप्लेजुङ खेलमा सहभागी नहुने भएपछि इलामलाई वाकओभर दिदै अर्को दुई टिमको खेल सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।
यस प्रतियोगितामा प्रदेश नं.१,का १४ वटै जिल्लाहरुको सहभागित रहने आयोजकले जनाएको छ । यस खेलमा विजेत टिमले नगद रु,२ लाख ट्रफि,मेटल प्रमाण पत्र प्राप्त गर्ने छन् भने उपविजेता टिमले भने नगद रु, १ लाख मेटर प्रमाण पत्र प्राप्त गर्ने छ ।
