
पूर्णपुष्टि, कात्तिक १
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्रिलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रीले सामाजिक सन्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेको छ ।
मन्त्रीसँगै उनकी श्रीमती, पिएसओ, चालक र भान्सेलाई पनि संक्रमण देखिएको जनाईएको छ । संक्रमण देखिएपछि आफू सरकारी निवासमै आइसोलेसनमा रहेको र रुघाबाहेक अन्य स्वास्थ्य समस्या नरहेको मन्त्रीले जनाएको छ ।
अन्य ४ जनालाई भने कुनै लक्षण देखिएको छैन । आफूसँग सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन मन्त्रिले आग्रह समेत गरेको छ ।
यसअघि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री, सभामुख, उपसभामुखसहित प्रदेश सभा सचिववालयका कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मीसहित ३५ जनामा कोरोना संक्रमण भएको थियो ।

