Thursday, July 2News That Matters

प्रदेश सरकारद्धारा रौतामाईलाई बारुण यन्त्र र भेन हस्तान्तरण

पूर्णपुष्टि, असोज ३०

१ नम्बर प्रदेश सरकारले उदयपुरको रौतामाई गाउँपालिकालाई बारुण यन्त्र र प्रहरी भेन हस्तान्तरण गरेको छ ।
मुख्यमन्त्रि एकिकृत शान्ति सुरक्षा विपद् व्यावस्थापन र स्वास्थ्य सेवाका लागी प्रदेश सरकारले बारुण यन्त्र र भेन पालिकालाई हस्तान्तरण गरेको हो ।

पछिल्लो सयममा बढ्दै गएको अपराधिक गतिविधि र आगलागीका घटना नियन्त्रणका लागी स्रोत साधनको आवश्याता परेकाले पालिकाको माग अनुसार प्रदेश सरकारले दिएको पालिकाले जनाएको छ ।
पहाडी भूभागले ओगटेको पालिकामा बढी आग्लागी तथा अपराधिक गतिविधी नियन्त्रणमा प्रदेश सरकारले दिएको बरुण यन्त्र र प्रहरी भेनले ठुलो सहयोग पुग्ने रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताए ।

शान्ति सुरक्षा चुस्त दुरुस्त राख्न र आगलागी जस्ता विपद् नियन्त्रणका लागी प्रदेश सरकारले ११ जिल्लाका एक÷एक स्थानीय तहलाई यन्त्र र भेन हस्तान्तरण गरेको हो ।
उदयपुरको रौतामाई, सुनसरीको कोशी, मोरङको कानेपोखरी, झापाको कमल, तेह्रथुमको आठराई, भोजपुरको हतुवागडी, खोटाङको खोटेहाङ गाउँपालिका र ईलामको देउमाई, पाँचथरको फिदिम, धनकुटाको धनकुटा र ओखलढुंगाको सिद्धिचरण नगरपालिकालाई बारुण यन्त्र र भेन प्रदेश सरकारले हस्तान्तरण गरिएको छ ।