Wednesday, April 22News That Matters

प्रदेश स्तरीय तेस्रो औद्योगिक महोत्सवमा उपभोक्ता सम्बन्धि सचेतना कार्यक्रम

पूर्णपुष्टि, १६ बैशाख ।
उदयपुरमा संञ्चालन भैरहेको प्रदेश स्तरीय तेस्रो औद्योगिक बृहत प्रदर्शनी तथा रैथाने खाना महोत्सवको पाँचौ दिन उपभोक्ता सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना तथा घरेलु महासंघ उदयपुरको समन्वयमा उपभोक्ता अधिकार संरक्षण सम्बन्धी सचेतना गराइएको हो ।

प्रदर्शनीमा उपस्थित अवलोकनकर्ता तथा स्टल प्रदर्शनकर्ता उद्योगिहरुलाई सचेत गराईएको छ । घरेलु कार्यालय उदयपुरका प्रमुख नरेन्द्र पराजुलीले उद्योगीहरुले उद्योग संञ्चालन सम्बन्धी पहिले जानकारी राख्नु पर्ने जनाए । उद्योग संञ्चालन निति नियम र प्रक्रियाको बारेमा जानकारी लिएर संञ्चालन गरेको उद्योगले फाईदा पुग्ने पराजुलीले जनाए ।

उनले घरेलुमा गरिने उद्योग दर्ता र नविकरणको कामहरुबारे उपस्थित उद्योगि व्यवसायीहरुलाई प्रस्ट रुपमा जानकारी दिएको छ । सचेतना कार्यक्रम अन्तरगत उत्पादन ,बजार र संचार बिषयक अन्तरकृयात्मक कार्यक्रमको बिषयमा वरिष्ठ पत्रकार कौशल चेम्जोङले कार्यपत्र प्रस्तुत गरे । उहांले उक्त अबसरमा उधमिले आफ्ना उत्पादनलाई विभिन्न सामाजिक संजाल ,अनलाइन र अन्य सरकारी तथा निजि छेत्रको संचार माध्यमबाट आफ्ना उतपादनहरुको बजारिकरण गर्नु चेम्जोङले बताए । सरकारले उधोग मैत्री बनाउन धेरै नियमहरु बनाउनु पर्ने र स्थानिय सरकार जिम्बेबार हुनु पर्ने उनको भनाई छ ।साथै उद्योग संञ्चालन गर्दै गर्दा आफ्नो व्यवसायीलाई सफल बनाउन बजारको अवस्था र सामाग्रीको मागलाई ध्यान दिनु पर्ने जनाए । यस्तै प्रदर्शनीमा उपस्थित उद्योगिहरुले उद्योग संञ्चालन निती नियमको जानकारीले आफुलाई सहज भएको जनाए । कतिपय निति नियम नबुझ्दा उद्योग संञ्चालन गरी व्यवसायी बन्न असहज भएको जनाए । महासंघको अध्यक्ष मधुकर थापाले यस महोत्सवमा संञ्चालन गरिएको बिषयगत अन्तरक्रियाले उद्योगिहरुको समस्यालाई समधान गर्ने जना ।