
पूर्णपुष्टि, भदौ १६
१ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि कोरोना जाँच गराउदा मन्त्री घिमिरेलाई सोमबार साँझ संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि मन्त्रि घिमिरे दुई दिनदेखि होम आइसोसनमा बस्नु भएको छ । होम क्वारेन्टाइनमा बसेर जाँच गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । कोरोनासँग जुध्दाजुध्दै संक्रमणले भेटाएको हो ।
दुई दिनयता ज्वरो आएको र पखला लागेको थियो । प्रदेश १ मा कोरोना संक्रमण नियन्त्रणमा मन्त्री घिमिरे सक्रिय हुनुहुन्थ्यो ।
