पूर्णपुष्टि, पुष २९ गते ।
प्रदेश १ को उपसभामुखको निर्वाचनमा एमालेबाट उदयपुरकी सिर्जना दनुवारलाई उम्मेदवारमा उठाउने भएको छ । सत्ता साझेदार दलको तर्फबाट एमालेले दनुवारलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
तर विपक्षी दलको उम्मेदवार भने टुङ्गो लागिसकेको छैन । उपसभामुखको निर्वाचन भने यहि पुष ३० गतेलाई तोकिएको छ । प्रदेश १ को सभामुखमा नेकपा माओवादीबाट बाबुराम गौतम निर्विरोध निर्वाचित भइसकेका छन् ।
