
पूर्णपुष्टि, फागुन १७ । प्रदेश १ को नेत्तत्व गरिरहेको नेकपा एमाले र नेपाली काग्रेसले प्रदेशको नाम कोशी राख्न प्रदेशसभामा प्रस्ताव पेश गर्नेमा नेकपा माओवादी केन्द्र पनि सहमत भएको छ ।
माओवादी केन्द्रका प्रदेश १ सांसद गणेश उप्रेतीले पहिचाको पक्षमा रहेको माओवादी केन्द्रले पनि कोशीमा मतदान गर्ने बताए । उनका अनुसार यसअघि माओवादी केन्द्रले पहिचानसहितको छुट्टै नाम प्रस्ताव गर्ने तयारी गरेतापनि संसदीय दलको बैठकले कोशीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
