Sunday, May 17News That Matters

प्रदेश १ को मुख्यमन्त्रीमा भिम आचार्य नियुक्ती

पूर्णपुष्टि, भदौ १०

प्रदेश नं १ मा नयाँ मुख्मन्त्रीको रुपमा भिम आचार्य नियुक्ती भएका छन् । आचार्यले आजै मुख्यमन्त्रीको सपथ लिएका छन् । नवनियुक्त मुख्यमन्त्री आचार्यले प्रदेशसभामा एमालेकै बहुमत कायम राख्ने दाबी गरेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा हाल एमालेको ५२ अर्थात प्रष्ट बहुमत छ । तर एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा कति सांसद जान्छन् टुंगो छैन ।

बिहीबार मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिएका आचार्यले भने, ‘लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गर्छौं । र, आफ्नै संख्या (बहुमत) पनि पु¥याउँछौं ।’