
पूर्णपुष्टि,फागुन १७ । प्रदेश १को प्रदेश नामाकरण विषयमा प्रदेश सभामा बहस चलिरहँदा प्रदेशसभा भवन बाहिर भने पहिचान पक्षधरहरुले धर्ना तथा प्रदर्शन गरेका छन् । कोशी प्रदेन नाम घोषणनको घोर विरोध गछौँ भन्दै लिम्बूवान किरात सङ्घर्ष समितिले विराटनगरको प्रदेशसभा भवन अगाडिको देवकोटा चोकमा नारा जुलुस गरेका हुन् । उनीहरुले पहिचानवादी एक हौं, मुख्यमन्त्री हिक्मतकुमार कार्की मुर्दावाद, कोशी प्रदेश मान्दैनौं लगायतका नारा लगाएका छन् ।
धर्ना र नारा जुलुस बढेसँगै त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदेशसभा आसपासमा भने निषेधाज्ञा पनि जारी गरिएको छ ।
