Saturday, June 20News That Matters

प्रदेश १ मा २३ प्रतिशतले सवारी भाडा बढ्यो

पूर्णपुष्टि, भदौ २

प्रदेश नं १ मा सार्वजानिक सवारीमा भाडा बृद्धि भएको छ । प्रदेश नं १ भित्र संञ्चालनमा रहेको सवारीहरुमा प्रदेश सरकारले २३ प्रतिशत सम्म भाडा बृद्धि गरेको हो ।

नेपाल सरकार भौतिक पूर्वधार तथा यातायात मन्त्रालयको मन्त्रिस्तरको सैद्धान्तिक सहमति अनुसार यातायात व्यवस्था विभागको निर्णय बमोजिम भाडा बढाएको हो ।

सवारीको भाडादर श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, संञ्चालन खर्च, ह्रासहट्टी र मुनाफा सहितको सूचकहरुको आधारमा भाडा बिृद्धि गरेको भौतिक पूर्वधार विकास मन्त्रालय बिराटनगरको सूचनामा उल्लेख छ ।

प्रदेशले यात्रुबाहक सवारीको भाडा २२ प्रतिशत बढाएको छ भने पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा पनि १६.५ प्रतिशत बढाएको छ । यता तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा भने २३ प्रतिशत बढाएको छ ।