Thursday, May 21News That Matters

प्रदेश १ मा ६५३ काे नमुना परिक्षण, २० जनाकाे रिपाेर्ट बाँकी, अन्य सबैकाे नेगेटिभ

पूर्णपुष्टि, बैशाख २

द्रुत  परीक्षण र पीसीआर विधिबाट प्रदेश १ मा मंगलबारसम्म जम्मा ६ सय ५३ जनाको नमूना परीक्षण भएको छ । यो विधिअन्तर्गत मंगलबारसम्म जम्मा ४ सय २ जनामा कोरोना परीक्षण गरिएको ती सबैको नतिजा नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । जसमा ५६ महिला र ३ सय ४६ पुरुष छन् ।

यसैगरी पीसीआर विधिबाट गरिएको परीक्षण भई नतिजा आउनेको संख्या जम्मा २ सय ३९ पुगेको छ । जसमा ४० महिला र १९९ पुरुष गरी २ सय ३९ जनाको रिर्पोट नेगेटिभ देखिएको हो । अरु २० जनाको नतिजा आउन बाँकी छ । यो विधिबाट जम्मा २ सय ५१ को नमूना परीक्षण भएको कोरोना सूचना डेस्कले जनाएको छ ।

गत शनिबारबाट प्रदेश १ का क्वारेन्टाइनबाट नमूना परीक्षण गरी द्रुत गतिमा परीक्षण शुरु भएको हो । प्रदेश सरकारद्वारा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षणको प्रबन्ध भएको गरिएको छ । यसैगरी विराटनगरको कोशी अस्पतालमा स्थापना गरिएको ल्याबबाट पनि परीक्षण शुरु भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

मंगलबारसम्म क्वारेन्टाइनमा बस्नेको ५ सय ३८ जना छ । ५३ जना डिस्चार्ज भएका छन् । आइसोलेसन बेडमा मंगलबारसम्म १० जना बसिरहेका छन् । होम क्वारेन्टाइनमा जम्मा ३ हजार ६ सय ८० जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।