
पूर्णपुष्टि, जेठ २४ गते ।
पछिल्लो २४ घण्टामा २ न. प्रदेशमा ८३ जना नयाँ कोरोना संक्रमित थपिएपछि संक्रमितको संख्या १ हजार ६६ पुगेको छ ।
सप्तरीमा ७, धनुषामा ८, महोत्तरीमा ३५, रौतहटमा ६ र सर्लाहीमा २७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
सप्तरीको बलान बिहुल गाउँपालिकाको क्वरेण्टीनमा रहेका ७ जना, धनुषाको देवपुरा रुपैठाको क्वरेण्टीनमा रहेका ६ जना, महोत्तरीको जलेश्वर क्वरेण्टीनका १७, मटिहानीमा ७, एकडाराका ६ र अन्य ५ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । सर्लाहीको रामनगर गाउँपालिकाका १६, मलङ्गवा नगरपालिकाका ८, इशरनाथ नगरपालिकाका ३, रौतहटको इशनाथ नगरपालिकाको क्वरेण्टीनका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सप्तरीमा ७६, सिरहामा ४७, धनुषामा १ सय, महोत्तरीमा ८७, सर्लाहीमा १ सय ७६, रौतहटमा ३ सय ९६, बारामा ४९ र पर्सामा १ सय १४ जना संक्रमित भइसकेका छन् । उक्त संक्रमित मध्ये १ सय ५९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।
