Tuesday, April 21News That Matters

उदयपुरका पत्रकारहरुलाई प्रदेशबाट स्वास्थ्य सामाग्री

उदयपुर/बैशाख, ३१

नेपाल पत्रकार महासंघ प्रदेश नं १ ले उदयपुरका पत्रकारहरुलाई स्वास्थ्य समाग्रि प्रदान गरेको छ । प्रदेश नं १ का महा–सचिव बिवेक गौतम स्वास्थ्य सामाग्री सहित बुधबार उदयपुर आइपुगेका थिए ।

यो बेला निकै जोखिम परिस्थितिमा रहेर पनि संञ्चारकर्मिहरुले अग्रपंक्तिमा रहेर काम गर्नु पर्ने बाध्यता सँगै उदयपुर १ नं प्रदेशकै जोखिम क्षेत्र रहेको भन्दै स्वास्थ्य सामाग्री सहित प्रदेशले उदपुरलाई सहयोगी माध्यम बाट नियाली रहेको महा–सचिव गौतमले बताए ।

उनले यो बेला संचारकर्मिहरुमा पर्न गएको समस्याहरुलाई जति सक्दो प्रदेशले सहजीकरण गर्ने प्रयासमा लागि रहेको बताए । बिषेश गरी उदयपुरका पत्रकारहरुलाई प्रदेशले उच्च मुल्याङकन र सहजीकरणको लागि पहल खेल्ने गौतमले बताए । गौतमले उदयपुरको समस्याको मागलाई प्रदेशले समधान गर्न तर्फ बिषेश निर्णयहरु गर्ने बताए । उनले यो बेला सके सम्म बाहिर ननिस्कि भित्रबाटै सुचना सेवाको माध्यमबाट समचारहरु संप्रेशन गर्न पनि सुझाव दिएका छन् ।

नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले उदयपुरका पत्रकारहरु अहिले जोखिम मोलेर काम गरिरहेको प्रदेशलाई सुझाएको छ ।

अन्य जिल्ला भन्दा बढी जोखिममा रहेर काम गरिरहेको भन्दै निरन्तर जनताहरुलाई सूचना समचारको लागि खट्ने उदयपुरका पत्रकारहरुलाई सहज वातावरण र थप सेवाहरु उपलब्ध गर्न माग गरेको छ । खड्काले स्वास्थ्य सामाग्री देखि, विमा र बिज्ञापनहरुको बिषयमा उदयपुरका पत्रकारहरुलाई बिषेश ध्यानमा राख्नु पर्ने माग राखेका छन् ।