Monday, July 6News That Matters

प्रधानमन्त्री प्रचण्डले पुष २६ मा विश्वासको मत लिँदै

पूर्णपुष्टि, पुष १८
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यहि आउँदो २६ गते विश्वासको मत लिने भएको छ । सोमबार संघीय संसदका महासचिवलाई पत्र लेखी आफूले २६ गते विश्वासको मत लिन चाहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री भएको १ महिना पछि सांसद बाट विश्वासको मत लिनु पर्ने छ । प्रचण्डले पुष १० गते राष्ट्रपति समक्ष बहुमत सहित प्रधानमन्त्रीको दावी गरेका थिए । उनले नेकपा एमाले सहित, रास्वपा, जनमत पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टी लगायतको उपस्थितिमा प्रधानमन्त्रीको दावी गरेको थिए । सोही पार्टीको बहुमतमा प्रचण्ड अहिले प्रधानमन्त्री बनेका छन् ।