
पूर्णपुष्टि, बैशाख ३०
बहुमत सहितको नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दावी पेस गर्ने तयारी गरेको छ ।
‘बहुमतको सरकारका लागि राष्ट्रपति समक्ष आज दाबी गर्न जाने र त्यसको तयारी भइरहेको काँग्रेस नेता रमेश लेखकले जानकारी दिए । बहुमतको जोडघटाउका लागि विभिन्न तहमा विभिन्न नेताहरुसँग छलफल समेत जारी रहेको लेखकले बताए ।’
देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन लागेको लेखकले बताए ।
देउवाले तीन दलको छलफलमा महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, नेता ज्ञानेन्द्र कार्की र रमेश लेखकलाई खटाइएको बुझिएको छ ।
