Friday, April 17News That Matters

प्रधानमन्त्रीका ३ सल्लाहकार र स्वकीय सचिवमा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असोज १७

प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकार र एक स्वकीय सचिवमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
मुख्य सल्लाहकार रिमालसहित प्रेस सल्लाहकार सूर्य थापा, विदेश मामिला सल्लाहकार राजन भट्टराई र स्वकीय सचिव इन्द्र भण्डारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबैले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना देखिएको  र आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न पनि आग्रह गर्नुभएको छ ।
केही चालकमा पनि कोरोना पुष्टि भएको छ । तर कसैलाई पनि लक्षण नदेखिएको जनाईएको छ  तीन दिनअघि प्रधानमन्त्रीको परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको तर सल्लाहकारहरु र स्वकीय सचिवमा पोजेटिभ देखिएपछि फेरि स्वाब सङ्कलनको तयारी भएको पनि जनाईएको छ ।