
पूर्णपुष्टि,माघ २६ । महजोडि तथा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्न पाउँदा प्रधानमन्त्री बनेजस्तै महसुस भएको बताउनु भएको छ । बिहिवार काठमाडौंमा ११ औँ नेफ्टा अवार्ड उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
चलचित्र प्राविधिक सङ्घको आयोजनामा भएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथिका रूपमा बोलाइए पनि कार्य व्यस्तताका कारण प्रधानमन्त्री कार्यक्रममा सहभागी बन्न सक्नुभएन। उक्त कार्यक्रममा प्रधानमन्त्री सहभागी नभएपछि आयोजकले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रमुख अतिथिको रूपमा आसन ग्रहण गराएको थियो ।

सोही विषयलाई लिएर उहाँले प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्न पाउनु नै आफूलाई पुरस्कार भएको बताउनु भयो । उहाँले प्रधानमन्त्री बस्ने कुर्सीमा बस्न पाउनु आफूलाई प्रधानमन्त्री बने जस्तै भएको बताउनु भयो।
