
पूर्णपुष्टि, माघ १४
नेपाल सरकारका उपप्रधानमन्त्री एवम् नेकपा नेता इश्वर पोखरेलले नेकपा आधिकारीक रुपले फुट नभएको तर ब्याबाहरिक हिसावले फुटको अवस्थामा पुगेको बताउनुभयो ।
आज बिहान जलजलेमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले ब्यबहारिक रुपमा देखिएको फुटले अराजक गतिबिधि निम्त्याउनुका साथै पार्टीलाई नोक्सान पुराएको पनि बताउनुभयो ।
निर्वाचन आयोगले केपी ओली, पुष्प कमल दाहाल (प्रचण्ड) दुई अध्यक्ष र माहासचिव बिष्णु पौडेल रहेको नेकपालाई मात्र आधिकारिक चिनेको बताउँदै उनिहरु बाहेकले बोलाएको बैठक र गतिबिधि आधिकारिक नहुने बताउनुभयो ।
उहाँले अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओली माथी लगाएको नकरात्मक आरोप फिर्ता गरेर निर्वाचनका निम्ति तयारी भएमा समस्या हल तर्फ जाने संकेत गर्नुभयो । पार्टी एकता गरिएको बेला रहेका केहि असमझदारीहरु झाँगिएर अहिले पार्टी फुटको अवस्था आएको उहाँको भनाई छ ।
निर्वाचनबाट पहिलो पार्टी भईन्छ भन्ने के ग्यारेन्टी छ भन्ने प्रश्नको जवाफमा निर्वाचनको परिणाम हेर्नु पर्ने बताउनुभयो । पत्रकार सम्मेलन पछि मन्त्री पोखरेले कटारीमा आयोजना हुने नेकपा ओली समूहको कार्यक्रमलाई सम्बोधन गर्न लाग्नुभयो ।
