पूर्णपुष्टि, असोज ३१
जिल्ला प्रहरी कार्यालय उदयपुरले ६७ औँ प्रहरी दिवसको अवसरमा संगठनका ६ जना प्रहरीहरुलाई सम्मान गरेको छ । प्रहरी नायव निरिक्षक गंगाराम राई सहित ६ जनालाई उक्त दिवसमा सम्मान गरिएको हो । बर्षभरी उत्कृष्ठ कार्य गर्ने प्रहरी अधिकृतहरु र प्रहरी जवानहरुलाई प्रहरी दिवसको अवसरमा सम्मान गरिएको उदयपुरका प्रहरी प्रमुख ज्ञानेन्द्र प्रसाद फुयाँलले बताउनुभयो भयो ।
सम्मानित हुनेहरुमा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी अधिकृत प्रहरी नायव निरिक्षक गंगाराम राई, प्र.सहायक निरिक्षक घनश्याम पोखरेल, बेल्टारमा कार्यरत प्रहरी हवल्दार सौरब काजी थापा, रामपुरमा कार्यरत प्रहरी हवल्दार नवराज भुजेल, कटारीमा कार्यरत प्रहरी सहायक हवल्दार निरन्जल दनुवार र गाईघाटमा कार्यरत बिनिता हेल्मु रहेकी छिन् । यसैगरी कार्यक्रममा अमर प्रहरी परिवारहरुलाई खादा सहित दोसल्लाबाट सम्मान सँगै परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल अमर प्रहरी तथा बाहालवाला प्रहरीका सन्ततीहरुलाई छात्रावृत्ति प्रदान समेत गरिएको थियो । कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथीहरुलाई लगायत प्रहरी कर्मचारीहरुलाई कार्यालय प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले धन्यवाद ज्ञापन गरी गर्दै कार्यक्रम समापन भएको थियो ।

